काठमाडौं । सातै प्रदेशमा आज बिहानै देखि वर्ष भईरहेको छ । काठमाडौं उपत्यकामा पनि रातभर परेको पानी बिहानीपख केही कम भएको छ । तर मौसम अहिले पनि मिलो र वर्ष फेरि हुनसक्ने सम्भावना नै देखिन्छ । काठमाडौं उपत्यकामा रातभर परेको पानी बिहानीपख केही रोकिएको भएपनि सिमसिम पानी परिनै रहेको छ । देशका केही भागमा आज अधिक वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । कोसी र वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

OM Sai Pathibhara Hospital

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी र धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले यी क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागले जनाएको छ । वर्षा र बाढीका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन भनेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर र मध्य प्रदेश तथा आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।