सप्तरी । सप्तरी भदौ १५ ।वैदिक सँस्कृती समाज सप्तरीले शुक्रबार गौवंश संरक्षण गर,गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेका छन । वैदिक सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा राजविराज ीस्थत शिव मन्दिरबाट गौवंश संरक्षण गर,गौ हत्या बन्द गर,हिन्दु राष्ट्र कायम गर,वैदिक गणतन्त्र धोषणा गर लगायतका विभिन्न नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा परिणत भएका थिए । सो सभामा सुनसरीको धरानमा गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग बाबा
बिर्तामोड । झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिरएउटै परिसरमा रहेको छ । यो मन्दिर ऐतिहासिक र पुरानो हिन्दुहरूको आस्था केन्द्र हो। तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर स्थानीय बुद्धिजीबीतथा युवा देवी प्रसाद पाण्डेक़ो नेतृत्वमा उक्त शौचालयले हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार ध्यानाकर्षण गराएक़ो छ! स्थानीय बुद
बिर्तामोड /झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिर एउटै परिसरमा रहेको छ । यो मन्दिर ऐतिहासिक र पुरानो हिन्दुहरूको आस्था केन्द्र हो। तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर स्थानीय बुद्धिजीबीतथा युवा देवी प्रसाद पाण्डेक़ो नेतृत्वमा उक्त शौचालयले हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार ध्यानाकर्षण गराएक़ो छ! स्थानीय&nb
काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङकाे नाममा नागरिकता लिएको पुष्टि भएको छ ।गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बताएको छानबिन टोलीले पुष्टी गरेको छ ।गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।समितिमा गृह मन
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाण्डौ । प्रहरीले भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर स्थायी ठेगाना भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी छन् ।भक्तपुर प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले गस्तीमा रहेको पहरी टोलीले बुधबार साँझ लोकन्थली कखरा स्कुल नजिकैबाट माझीलाई पक्राउ गरिएको बताए ।माझीलाई प्रहरी वृत्त ठिमीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । माझीसँगै रहेका नाम ठेगाना नखुलेका एक व्यक्ति भागेका छन । लुटपाटको योजना बनाइरहेका बेला माझीलाई हतियारसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
काठमाण्डौ । न्यूनचापीय रेखा सरदर स्थानमै रहेपनि जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिनदेखि भारी वर्षा भएको छैन। यो क्रम शुक्रबारसम्म कायम रहने महाशाखाको पूर्वानुमान् छ।देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।राति देशको पहाडी भू-भागमा आंशिक देखि साम
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले बुधबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो ।अदालतले काठमाडौं महानगरपालिकासँग विद्या
काठमाण्डौ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्।बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।श्रीमान सग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए।उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ। घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका विषयमा अनुसन्ध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.