काठमाण्डौ । प्रहरीले भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर स्थायी ठेगाना भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी छन् ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले गस्तीमा रहेको पहरी टोलीले बुधबार साँझ लोकन्थली कखरा स्कुल नजिकैबाट माझीलाई पक्राउ गरिएको बताए ।

OM Sai Pathibhara Hospital

माझीलाई प्रहरी वृत्त ठिमीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । माझीसँगै रहेका नाम ठेगाना नखुलेका एक व्यक्ति भागेका छन । लुटपाटको योजना बनाइरहेका बेला माझीलाई हतियारसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।