समाचार

    Showing 18,741-18,750 of 25,945 items.
  • भद्रपुर नगरपालिका वडा नं. २ मा हात्ती मृत फेला

    झापा   ।    भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको बताइन् ।उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ ।कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उनले बताइन् । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 166 पटक पढिएको
  • हतियार सहायता बोकेको अमेरिकी सैन्य विमान इजरायल पुग्यो

    काठमाडौँ । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्धले झन उग्र रुप लिएको छ। यसैबिच, इजरायलले हमासको विनाशकारी आक्रमणको सामना गर्न सुरु गरे पछि अमेरिकी हतियारको पहिलो आपूर्ति मंगलबार साँझ इजरायल पुगेको छ।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गरी अमेरिकन हतियारको पहिलो लट इजरायल आइपुगेको जानकारी दिएको हो।‘मंगलबार उन्नत हतियार बोकेको विमान दक्षिणी इजरायलको नेभाटिम एयरबेसमा अवतरण गर्याे,’ उसले बिज्ञप्तिमार्फत भनेको छ, ‘हतियारहरू महत्त्वपूर्ण सैन्य अपरेशनहरूलाई सहज बनाउन र अन्य परिदृश्यहरूको लागि तयारी बढाउन यो डिजाइन गरिएको हो।’‘हामी यस चुनौतीपूर्ण अवधिमा आइडिएफ र सामान्यतय

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 266 पटक पढिएको
  • मन्त्रालयको विज्ञप्तिले थप आशङ्कित बनायो, आन्दोलन रोकिँदैन

    काठमाडौँ । आन्दोलनमा रहेका कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलका लागि आव्हान गरेको विज्ञप्तिले थप आशङ्कित बनाएको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । स्थानीय तहका कर्मचारीहरूले उठाएका माग र मुद्दाहरूका सन्दर्भमा छलफल गरेर अगाडि बढ्न सकिने आशयको मन्त्रालयको विज्ञप्ति स्वागतयोग्य भए पनि स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिको नाम पनि विज्ञप्तिमा जोडेर आएकोले थप भ्रम सिर्जना गर्न खोजेको हो कि भन्नेमा आशङ्कित रहेको सङ्घर्ष समितिले जनाएको हो ।मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उप

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 235 पटक पढिएको
  • एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि

    काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 117 पटक पढिएको
  • इजरायलमा मारिएका परिवारलाई मधेश प्रदेश सरकारले राहतस्वरुप ५ लाख दिने

    काठमाण्डौ । मधेश प्रदेश सरकारले इजरायलमा आतंककारी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए । मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए ।विज्ञप्तिमा

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 186 पटक पढिएको
  • झापामा घुस खाने पोखरेलसहित ३ पक्राउ

    झापा   ।   राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल छन् । उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन् ।जग्गा वितरणको काम ‘छिटो गराउँछौँ’ भनेर रकम लिएको सूचनाको आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । प्रहरीले त

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 157 पटक पढिएको
  • स्थानीय तहका कर्मचारीलाई सरकारले बोलायो वार्तामा

    काठमाडौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आग्रह गरेको हो ।कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।स्थानीय तहका कर्मचारीले एकीकृत निजामती सेवा ऐन माग गरिरहेका छन् । सरकारले संघीय निजामती सेवा विधेक सं

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 186 पटक पढिएको
  • खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

    सुनसरी    ।    सुनसरीको इटहरी उप-महानगरपालिका-१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । सोम्बार अपरान्ह ४ बजे इटहरी उप-महानगरपालिका-१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा सोही दिन साँझ मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 168 पटक पढिएको
  • चार जना फरार प्रतिवादी पक्राउ

    बिरटनगर   ।  झापा र पाँचथरबाट सोमबार प्रहरीले ४ जना फरार प्रतिवदीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत झापाको २०७९/११/१५ गतेको फैसला आदेशले लागुऔषध मुद्धामा २ महिना कैद र १२ हजार जरिवाना तोकिएका बिर्तामोड नगरपालिका-३ का २९ बर्षीय सोम बहादुर राईलाई पक्राउ गरेको हो । यसैगरी उच्च अदालत बिराटनगरको २०७८/११/२५ गतेको फैसला आदेशले बैकिङ कसुर मुद्धामा ६ लाख ४५ हजार ३ सय जरिवाना तोकिएका दमक-१ का खडानन्द भण्डारी र लागुऔषध मुद्धामा जिल्ला अदालत झापाको मिति २०८०/०१/१४ गतेको फैसला आदेशले १ बर्ष ३ महिना १९ दिन क

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 144 पटक पढिएको
  • लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ

    बिराटनगर    ।    झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ९ बजे झापाको दमक नगरपालिका- १ स्थित एक होटलको कोठा भाडामा लिई बसेका दमक नगरपालिका- ५ का ३० बर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक- ९ का २० बर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई नगरपालिका- ४ का २२ बर्षीय मित्रलाल राजवंशीलाई १ ग्राम ब्राउनसुगर र नाईट्राभेट १५ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनग

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.