बिराटनगर    ।    झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ९ बजे झापाको दमक नगरपालिका- १ स्थित एक होटलको कोठा भाडामा लिई बसेका दमक नगरपालिका- ५ का ३० बर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक- ९ का २० बर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई नगरपालिका- ४ का २२ बर्षीय मित्रलाल राजवंशीलाई १ ग्राम ब्राउनसुगर र नाईट्राभेट १५ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका- २ का १९ बर्षीय मुकेश यादब, २१ बर्षीय चन्दन कुमार यादब र संजय कुमार यादबलाई १०० ML को (DIALEX-DC) १६ बोतल सहित  ईनरुवा नगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।