समाचार

    Showing 18,541-18,550 of 25,945 items.
  • मेसिनमा चेपिएर कामदारको मृत्यु

    झापा  ।   सुनसरीको दुहबी ननरपालिका-३ सोनापुर स्थितमा रहेको premium organic बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । हिजो राति साढे ५ बजे स्थानिय १८ बर्षिय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी कोशी अस्पताल बिराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 190 पटक पढिएको
  • आज नेपाल संवतको नयाँ वर्ष

    काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत् लाइ हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् को सुरुवात गराएका थिए । नेपाल संवत् ले  पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्  को मान्यता पाएको हो।लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत् का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।विसं २००७ मा प्रजातन्त्रको स्थापना भ

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 241 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशको मौसम प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।दिउँसो देशको पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाश

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 151 पटक पढिएको
  • टिकटक बन्द; स्वच्छन्दता नियन्त्रण गर्नुको साटो नागरिकको स्वतन्त्रता नियन्त्रण

    काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 1,549 पटक पढिएको
  • खोटाङमा आगलागी

    काठमाण्डौ  ।   खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत चुहावट भएर  आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छानो भएको तीनतले घर, घरमा भएको नगद दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सात

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 156 पटक पढिएको
  • मोरङमा आगलागी २० जना भन्दा बढी घाइते

    झापा ।  मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर उनीहरु घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ । घटनाबारे विस्तृत विवरण आउन बाकि  छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 176 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 160 पटक पढिएको
  • जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    काठमाडौँ । विन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । दुर्घटनामा एक जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 220 पटक पढिएको
  • आज महाकवी देवकोटाको ११५औं जन्मजयन्ती मनाईंदै

    काठमाडौं   ।    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्र

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 231 पटक पढिएको
  • सञ्चालक र व्यवस्थापकको सम्पत्ति विवरण पेश गर्नुपर्ने; सहकारी विभाग

    काठमाडौँ । सहकारी विभागले नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी सङ्घसंस्थाहरुलाई चार बुँदे निर्देशन जारी गरेको छ । सहकारी क्षेत्रमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझावका आधारमा उक्त निर्देशन जारी गरेको विभागले जनाएको छ । सबै सहकारी सङ्घसंस्थाहरुले २०८० साल मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ति लगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गरी विभागमा पेश गर्न भनिएको छ । विभागका रजिष्ट्रार नमराज घिमिरेद्वारा शुक्रवार जारी निर्देशनमा भनिएको छ, ‘बचत तथा

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 232 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.