काठमाण्डौ  ।   खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत चुहावट भएर  आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।

घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छानो भएको तीनतले घर, घरमा भएको नगद दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार बिचल्लीमा परेको छ ।

धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ ।