झापा ।  मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।

OM Sai Pathibhara Hospital

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर उनीहरु घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ । घटनाबारे विस्तृत विवरण आउन बाकि  छ ।