समाचार

    Showing 18,231-18,240 of 25,945 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ,भने शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।आगामी २४ घण्टाको अवधिमा देशभर नै तापक्रम घट्दो क्रममा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 180 पटक पढिएको
  • ट्र्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, ९ घाइते

    काठमाण्डौ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ ।दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया नि

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 166 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाख

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 212 पटक पढिएको
  • थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु

    बिर्तामोड । झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज(बुधबार) बिहान करिब ५ बजेको समयमा स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 308 पटक पढिएको
  • काकड्भिट्टाबाट काठमाडौँका लागि छिटेको बस बारामादुर्घटना ३ जनाको मृत्यु, २७ जना घाइते

    झापा । बारामा आज बिहान बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  भने २७ जना घाइते भएका छन्।काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए ।दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले बताएको छ । उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 451 पटक पढिएको
  • चार क्विन्टल गाँजासहित दुई जना पक्राउ

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो । उनीहरुले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बन

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 255 पटक पढिएको
  • वायुसेवा निगमको आम्दानी दुई गुणाले बढ्यो

    काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो ।आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 194 पटक पढिएको
  • हतियारसहित दुईजना पक्राउ

    काठमाण्डौ  । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान, चक्कु, दाउ बरामद गरिएको छ ।उनीहरुमाथि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुस

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 211 पटक पढिएको
  • रोजगारीको खोजिमा मंसिर महिनामा मात्रै बाहिरिए ७१ हजारभन्दा बढी नेपाली

    काठमाडौँ । मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ ह

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 190 पटक पढिएको
  • राजस्व अनुसन्धान विभागले भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटन, बुटवल र जिल्ला अदालत रसुवामा जरिवाना र बिगोसमेत १४ करोड माग दाबीसहित मुद्दा दायर गरेको हो ।विभागका अनुसार भारतीय सेनाको नक्कली पेन्सन पट्टा खडा गरेर व्यापारिक सामान चोरी पैठारी गरेको अभियोगमा दुई जना भन्सार कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ । नक्कली पेन्सन पट्टा खडा गर्ने चक्रबहादुर कुँवर, निमकाजी श्रेष्ठ र खेमबहादुर गुरुङ एवं भन्सार जाँचपासमा सहयोगीको भूमिका निर्वाह गरेका सुनसरी भन्सारका कर्मचारी सन्देश लामिछाने र द

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.