बिर्तामोड । झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज(बुधबार) बिहान करिब ५ बजेको समयमा स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ ।