काठमाण्डौ  । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान, चक्कु, दाउ बरामद गरिएको छ ।

OM Sai Pathibhara Hospital

उनीहरुमाथि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।