काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि पुरिएको नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएसँगै त्यहाँ फसेका प्राविधिक तथा कर्मचारीको उद्धार प्रयासलाई थप तीव्रता दिइएको छ । लामो प्रयासपछि सुरुङको प्रवेश बिन्दु पहिचान भएपछि उद्धारमा संलग्न टोलीलाई भित्र रहेका व्यक्तिसम्म पुग्ने बाटो खुलेको हो ।सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब ८ मिटर तल तथा माथिल्लो अर्थात् अपस्ट्रिमतर्फ करिब ४० मिटर क्षेत्रमा सुरुङको मुख फेला परेको हो । यसअघि उद्धार टोलीले ड्रिलिङ तथा उत्खननमार्फत सुरुङको क्राउन पत्ता लगाउने प्रयास गरिरहेको
नुवाकोट । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले तीव्र प्रयास गरिरहेको छ । सुरुङभित्र पुग्न कठिन भएपछि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गरेर उद्धारको बाटो सहज बनाउने तयारीसमेत अघि बढाएका छन् ।प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।यसअघि उद्धार टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेको थियो । टोलीले त्यहाँ
काठमाडौं / भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोम
रसुवा । बुधबार बिहान आएको भीषण बाढीपछि रसुवाको स्याफ्रुबेंसी क्षेत्रको जनजीवन अझै प्रभावित बनेको छ । बाढीले बजार तथा आसपासका बस्तीमा ठूलो क्षति पुर्याएपछि स्थानीयवासी त्रास र अन्योलबीच दैनिकी चलाउन बाध्य छन् ।बाढीका कारण सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ । सडक तथा पुलमा क्षति भएपछि स्याफ्रुबेंसी क्षेत्रमा आवतजावतसमेत कठिन बनेको छ ।बाढीले घर, पसल तथा अन्य संरचनामा क्षति पुर्याएपछि प्रभावित स्थानीयको दैनिकी थप कष्टकर बनेको छ । बाढीपछिको अवस्था सामान्य हुन नसक्दा स्थानीयमा अझै त्रास कायमै छ ।क्षतिग्रस्त सडक तथा संरचनाको मर्मत र आवागमन सहज बनाउन सम्बन्धित निकायले काम अघि बढाउनुपर्ने
नुवाकोट । रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् ।बाढीबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको र एकातिर बाढी तथा अर्कोतर्फ माथिबाट विद्युत् प्रसारण लाइन साथै रूखका हाँगा खस्दा आफूहरू बीचमै अल्झिएको एक इन्जिनियरले बताए ।उनका अनुसार बाढीको जोखिम बढेपछि आफूहरूले तत्काल सुरक्षित स्थानतर्फ भाग्ने प्रयास गरेका थिए । त्यसक्रममा उनले चप्पलसमेत फालेर नाङ्गो खुट्टामै दौडिएको बताए ।‘मैले चप्पल फालिदिएँ, नाङ्गै खुट्टा दौडिएँ,’ उनले भने । तर सुरक्षित स्थानतर्फ अघि बढ्ने क्रममा माथिबाट विद्युत् प्रसार
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका केही बाढीपीडितलाई नुवाकोटको तामाङ प्लाजा होल्डिङ सेन्टरमा राखिएको छ ।बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई तत्कालका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको हो । घर तथा बस्ती बाढीको चपेटामा परेपछि उद्धार गरिएका पीडितहरू अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन् ।होल्डिङ सेन्टरमा रहेका बाढीपीडितका लागि खाना तथा आवश्यक आधारभूत व्यवस्थाको प्रबन्ध गरिएको छ । उद्धारपछि सुरक्षित स्थानमा पुगेका पीडितहरू आफ्ना परिवार, आफन्त र घरको अवस्थाबारे चिन्तित देखिन्छन् ।भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न स्थानबाट
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको छ। आइतबार बिहान आएको तीव्र बहावले पुल चुँडाएपछि दुई जिल्लाबीचको स्थानीय आवागमन प्रभावित भएको हो।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीको तीव्र बहावले चरौँदीस्थित झोलुङ्गे पुलमा क्षति पुर्याउँदै पूर्णरूपमा बगाएको हो। पुल बगेपछि नदी वारपार गर्ने स्थानीयको नियमित आवतजावतमा समस्या भएको छ।त्रिशूलीको बाढीले धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ। लगातार बढिरहेको नदीको बहावका कारण त्रिशूली किनार आसपासका संरचना थप जोखिममा परेका छन्।गण्डकी गाउँप
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् । बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरास
गोरखा । भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखाको घ्याल्चोक र धादिङको चरौदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।नदीमा आएको तीव्र बहावले पुलको संरचना नै बगाएपछि दुई जिल्लाबीचको स्थानीय आवागमन प्रभावित भएको छ। पुल बगेपछि घ्याल्चोक र चरौदी आवतजावत गर्ने स्थानीयवासीलाई थप समस्या भएको छ।बाढीको बहाव अझै जोखिमपूर्ण रहेकाले नदी आसपासका बस्ती तथा क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। झोलुङ्गे पुल बगेपछि स्थानीयस्तरमा दैनिक आवतजावत, व्यापार तथा अन्य काममा समेत प्रत्यक्ष असर परेको छ। क्षतिको थप विवरण आउन बाँकी छ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पार्टीका सांसदहरू सहभागी हुनेछन्।कांग्रेस संसदीय दलले बैठकको समय र स्थान तय गरे पनि छलफल हुने एजेन्डा भने सार्वजनिक गरेको छैन। पछिल्लो राजनीतिक घटनाक्रमका बीच बस्न लागेको बैठकलाई कांग्रेसभित्र महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।बैठकमा समसामयिक राजनीतिक विषय तथा संसद्मा पार्टीको आगामी भूमिकाबारे छलफल हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, औपचारिक एजेन्डा सार्वजनिक नभएकाले बैठकमा उठ्ने विषयबारे कांग्रेसले केही बताएको छैन।सोमबारको बैठकले कांग्रेसको संसदीय रणनीति र आगामी राजनीतिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.