समाचार

    Showing 17,181-17,190 of 25,912 items.
  • ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु, २४ जना घाइते

    सप्तरी । सप्तरीको कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।शनिवार बेलुका करिब ७ बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए। मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको न्यौपानेको भनाइ छ।घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 456 पटक पढिएको
  • सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ सहित एक जना पक्राउ

    काठमाण्डौ । सुनसरीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १ करोड १ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।शनिबार राति ०८:३० बजेको समयमा सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्र

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 472 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 327 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । नेपालमा स्थानीय र  पश्चिमी बायुको आंशिक प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया  बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि  मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 272 पटक पढिएको
  • सिडिओहरु सहित २५ सहसचिवको सरुवा

    काठमाण्डौ । गृह मन्त्रालयका २५ सहसचिवको सरुवा भएको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा अरुण पोखरेल, मकवानपुरमा तिर्थराज चिलुवाल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई सिडिओको जिम्मेवारी पाएका छन् ।चितवनमा इन्द्रदेव यादब, काभ्रेमा सुर्य प्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधि

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 186 पटक पढिएको
  • नेपाल प्रहरीका २० एसएसपीको सरुवा

    काठमाण्डौ। नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको बुधबार सरुवाको निर्णय भएको हो ।गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयअनुसार एसएसपीहरु बिश्व अधिकारी, ओम प्रसाद अधिकारी, तारादेबी थापा, दीप शम्शेर ज.ब.रा.लगायतको सरुवा भएको छ ।साथै आवश्यक कारवाही गर्न गराउनु हुन सम्बन्धित सबै कार्यालयलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 297 पटक पढिएको
  • डीआईजीहरुको सरुवा र पदस्थापन

    काठमाडौँ । नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा र चार जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ भने कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्य भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।यस्तै विशेष ब्यूरोमामा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । साथै हालै एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई पनि पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।डीआईजी दान बहादुर कार्

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 267 पटक पढिएको
  • नेपाल प्रहरीका १५६ वरिष्ठ हवल्दारको असइमा बढुवा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवाका लागि सिफारिस भएको छ।प्रहरी हेडक्वाटरबाट बुधबार जारी भएको सूचनामा बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का रहेका छन् ।दोस्रो नम्बरमा चन्द्रबहादुर गुरुङ र तेस्रोत नम्बरमा मोहसिंह ठगुन्ना रहेका असइ बढुवा सिफारिसमा परेका छन् । बढुवाको सिफारिसमा सबैभन्दा पुछार १५६ नम्बरमा कृष्णगोपाल परियार रहेका छ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 281 पटक पढिएको
  • गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित

    काठामाण्डौ  ।   सहकारी ठगीको अनुसन्धानमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित.,....सहकारी ठगीको अनुसन्धानमा नरहेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजी र अनुसन्धान चलिरहेसम्म उनलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर रिटको सुनुवाइ स्थगित भएको छ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएकोमा निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि बुधवारको सुनुवाइ स्थगित भएको हो।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 220 पटक पढिएको
  • आज गृहमन्त्री लामिछाने विरुद्ध रिटको पेसी

    काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ। गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।लामिछाने पदमा रहेरै सहकारीको ठगीबारे अनुसन्धान गर्दा उनले अनुचित प्रभाव पारेर अनुसन्धान प्रभावित बनाउन सक्ने र निष्पक्ष अनुसन्धान नहुने भन्दै उनलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइनुपर्ने रिटमा माग गरिएको छ।अधिवक्ता अतिल विष्टले सहकारीबारे अनुसन्धान भइरहँदा गृहमन्त्री लामिछाने पदमा रहिरहे स्वार्थ बाझिने भन्दै अनुसन्धान नसकिँदासम्म उनलाई निलम्बन गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.