काठामाण्डौ  ।   सहकारी ठगीको अनुसन्धानमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित.,....

IMG-20240326-WA0001 8सहकारी ठगीको अनुसन्धानमा नरहेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजी र अनुसन्धान चलिरहेसम्म उनलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर रिटको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएकोमा निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि बुधवारको सुनुवाइ स्थगित भएको हो।