काठमाण्डौ । गृह मन्त्रालयका २५ सहसचिवको सरुवा भएको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।IMG-20240417-WA0001 11

गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा अरुण पोखरेल, मकवानपुरमा तिर्थराज चिलुवाल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई सिडिओको जिम्मेवारी पाएका छन् ।

OM Sai Pathibhara Hospital

चितवनमा इन्द्रदेव यादब, काभ्रेमा सुर्य प्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधिकारी, कास्कीमा भरतमणी पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीलाई पठाइएको छ ।