काठमाडौँ । नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा र चार जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।IMG-20240417-WA0001 11

कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ भने कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्य भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै विशेष ब्यूरोमामा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । साथै हालै एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई पनि पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।

डीआईजी दान बहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरी शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।