काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ। गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।IMG-20240326-WA0001 8

लामिछाने पदमा रहेरै सहकारीको ठगीबारे अनुसन्धान गर्दा उनले अनुचित प्रभाव पारेर अनुसन्धान प्रभावित बनाउन सक्ने र निष्पक्ष अनुसन्धान नहुने भन्दै उनलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइनुपर्ने रिटमा माग गरिएको छ।

OM Sai Pathibhara Hospital

अधिवक्ता अतिल विष्टले सहकारीबारे अनुसन्धान भइरहँदा गृहमन्त्री लामिछाने पदमा रहिरहे स्वार्थ बाझिने भन्दै अनुसन्धान नसकिँदासम्म उनलाई निलम्बन गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको पत्र पठाएपछि अधिवक्ता भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर, अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले अर्को रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो।