समाचार

    Showing 16,891-16,900 of 25,907 items.
  • सरकारले सरुवा गरेका २१ सचिव, को कहाँ पुगे ?

    काठमाडौं– सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पाएको छ । अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरे आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हाल जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा सचिव भएका छन्। अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्याय अख्ति

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 532 पटक पढिएको
  • यी हुन १८ देशका लागि सिफारिस राजदूत

    काठमाडौं–सरकारले१८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय भएको छ । साथै,सरकारले चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ । यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ । चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई सिफारिस भएका छन् ।  सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 361 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान देशभर आंशिकदेखि साधारण तया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर साधारणतया बदली रहनेछ । कर्णाली

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 323 पटक पढिएको
  • गोरखा पहिरो : ४ जनाको शव भेटियो [अपडेट}

    काठमाडौँ- गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । धार्चे ५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् । पहिरोले जीतको घर पुरिँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका थिए ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 256 पटक पढिएको
  • स्कुले बस दुर्घटना हुँदा आमाछोराको मृत्यु, २८ जना घाइते

    काठमाडौं–स्कुल बस दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । पोखरास्थित एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस आज विहान दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा विद्यालयका कार्यालय सहयोगी पोखरा-२१ बस्ने ३३ वर्षीय आरती विक र ६ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।आज बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए । घाइते सबैको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 281 पटक पढिएको
  • चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ

    काठमाण्डौ   ।   प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गरेको आरोपमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार उनलाई घरमा यज्ञ गर्दागर्दै पक्राउ गरेको हो। उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यमराजको पूजा  गर्दै यमराजलाई अव्हान गरेर तिनिहरुको मृत्युको कामनाको लागि  होम हाल्ने तयारीसमेत गरेको आरोप छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको हो।उनले आफ्नो घरमा यज्ञ गर्दै ग

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 409 पटक पढिएको
  • पहिरोले राजमार्ग बन्द

    काठमाडौं–वर्षापछिको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएपछि बन्द भएको हो ।पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको छ । सुर्खेतबाट सडकमार्ग हुँदै माथिल्लो कर्णाली आउजाउ गर्न समस्या भएको छ । 

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 300 पटक पढिएको
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम रूप दिन बैठक जारी

    काठमाडौं–सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित कार्यदलले विधेयकलाई आज अन्तिम रूप दिने भएको छ । कार्यदलको बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ । यसअघि संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको कार्यदलले सरोकारवालासँग छलफल पनि गरिसकेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री लेखकसहित एमालेका मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा छन् । आज कार्यदलले सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असार १३ गते कार्

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 453 पटक पढिएको
  • गोरखा पहिरोमा बेपत्ताहरु अझै भेटिएनन्

    काठमाडौं–शनिबारदेखि उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरो जाँदा बेपत्ता भएकाहरु अझैसम्म पनि भेटिएका छैनन् । बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ । पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनको भनाई छ । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 327 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 476 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.