काठमाडौं–स्कुल बस दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । पोखरास्थित एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस आज विहान दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा विद्यालयका कार्यालय सहयोगी पोखरा-२१ बस्ने ३३ वर्षीय आरती विक र ६ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।

आज बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए । घाइते सबैको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।