काठमाडौं–शनिबारदेखि उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरो जाँदा बेपत्ता भएकाहरु अझैसम्म पनि भेटिएका छैनन् । बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ । पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनको भनाई छ । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।