काठमाडौं– सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पाएको छ । अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरे आएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हाल जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् ।

OM Sai Pathibhara Hospital

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा सचिव भएका छन्। अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् । त्यस्तै अहिलेका अख्तियार सचिव रामेश्वर दंगालको सरुवा रक्षा मन्त्रालयमा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका सचिव मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा पुगेका छन् । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा आएक छन् भने डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीको सरूवा भएको छ ।

उता, राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्यको पनि सरुवा भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ । सञ्चार मन्त्रालयको सचिवको जिम्मेवार उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले पाइन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा भरतमणि सुवेदीलाई सरुवा गरिएको छ । यसअघि उनी खरिद अनुगमन कार्यालयमा थिए ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा हुँदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टिय तथ्यांक कार्यालय पुगे । प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिवमा रक्षाबाट किरणराज शर्माको सरूवा भएको छ ।