काठमाडौं–वर्षापछिको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएपछि बन्द भएको हो ।

पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको छ । सुर्खेतबाट सडकमार्ग हुँदै माथिल्लो कर्णाली आउजाउ गर्न समस्या भएको छ ।