काठमाडौं–सरकारले१८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय भएको छ । साथै,सरकारले चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ । चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई सिफारिस भएका छन् । 

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अन्य देशका राजदूतलाई यसअघि नै फिर्ता बोलाउने निर्णय भएकाले नेपाली राजदूतको पद रिक्त रहेको छ ।