काठमाडौं–सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित कार्यदलले विधेयकलाई आज अन्तिम रूप दिने भएको छ । कार्यदलको बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ ।

यसअघि संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको कार्यदलले सरोकारवालासँग छलफल पनि गरिसकेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री लेखकसहित एमालेका मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा छन् ।

OM Sai Pathibhara Hospital

आज कार्यदलले सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असार १३ गते कार्यदल बनाएका हुन् ।