काठमाण्डौ   ।   प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गरेको आरोपमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्।

प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार उनलाई घरमा यज्ञ गर्दागर्दै पक्राउ गरेको हो। उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यमराजको पूजा  गर्दै यमराजलाई अव्हान गरेर तिनिहरुको मृत्युको कामनाको लागि  होम हाल्ने तयारीसमेत गरेको आरोप छ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको हो।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। एसपी अधिकारीले भने उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताए।केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए।