समाचार

    Showing 16,671-16,680 of 25,888 items.
  • प्रधानमन्त्री ओलीको प्रश्न: ९ वर्षसम्म २२ अर्ब महसुल किन उठाइएन ?

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योगीहरूबाट ६ अर्ब मात्र नभई‚ २२ अर्ब महसुल उठाउने स्पष्ट पारेका छन् ।  आज सामाजिक सञ्जाल फेसबुकमाफर्त केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट महसुल उठाउन सरकारले चासो नदिएको भन्ने कुरा बारम्बार उठिरहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले  सरकारको ध्यान ९ वर्षसम्म २१ अर्ब ८८ करोड रुपैयाँ महसुल किन उठाइएन र किन १६ अर्ब छुट दिइयो भन्ने प्रश्नमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले उद्योगहरू बन्द नगरी‚ रोजगारी र उत्पादनमा असर नगरी‚ उद्योगहरूबाट बक्

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 237 पटक पढिएको
  • अध्यक्ष दाहालद्धारा रामेछाप पहिरो पीडितको उद्धारमा सरकारको ध्यानाकर्षण

    काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रामेछापको दोरम्बामा गएको भीषण पहिरोमा परेकाहरूको उद्धार र उपचारमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज एक सन्देश जारी गर्दै अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, टोकरपुरको लेकखर्कमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको, ४ जना बेपत्ता भएको र एक जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । उहाँले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, दाहालले उद्धार कार्यमा जुटेका पार्टी

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 345 पटक पढिएको
  • नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना : ४५ जना घाइते, तीन गम्भीर

    काठमाडौं–भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दर्जनौँ घाइते भएका छन् । शनिबार राति भएको दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जनाभन्दा बढी घाइते भएका छन् ।भारतीय सुरक्षाकर्मीका अनुसार ना७ख ६४४६ नम्बरको बसलाई पछाडिबाट अर्को सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको हो । बसमा सवार ४७ जनामध्ये अधिकांश घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि समस्तीपुरस्थित अस्पताल लगिएको छ ।दुर्घटनाग्रस्त बस बारागढी–१ का राजाराम साहको रहेको र तीर्थयात्रीहरू बिहारको देवघर धामको दर्शन गर्न गएका थिए । उनीहरूले गाउँमा सामूहिक पूजाआजा गर

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 403 पटक पढिएको
  • नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना

    काठमाडौं- नेपाली तीर्थयात्री सवार बस भारत बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको नेपाली तीर्थयात्री सवार बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करले बस अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये  पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।यसअघि भारतको गो

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 461 पटक पढिएको
  • रामेछाप पहिरो : मृतक संख्या ६ पुग्यो, ४ जनाको खोजी जारी

    काठमाडौं–रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखखर्कमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । शनिवार राति आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । बाँकी ४ जनाको खोजी कार्य जारी रहेको छ । मृतकहरूमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा आमुष श्रेष्ठ, ५७ वर्षकी उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी, र १४ वर्षका विज्ञान पहरी छन्। काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको खोजी भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले गम्भीर अवस्था भइ रहेका व्यक्त

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 437 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

    काठमाडौं–महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको आज बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर–बर्दिबास सडक खण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।  वडाध्यक्ष यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 556 पटक पढिएको
  • काठमाडौं आउँदै गरेको बस दुर्घटना, १५ भन्दा बढी घाइते

    काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ भन्दा बढी यात्रु घाइते भएका छन् ।आज बिहान महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु.प्र.प्र. ०२–००१ ख १३३२ नम्बरको बस सडकको घुमाउनेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका यात्रुहरू थप उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका छन् ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी गराएका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा बस सडकमै पल्टिएको हो ।

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 613 पटक पढिएको
  • रामेछाप भीषण पहिरो : दुईको मृत्यु, आठ बेपत्ता

    काठमाडौं–निरन्तरको वर्षापछि खसेको पहिरोले रामेछापमा ठूलो क्षति पुर्याएको छ । त्यहाँको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा गएराति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । गएराति १२ बजेतिर गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव फेला पारिएको हो । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अझै आठ जनाको खोजी कार्य जारी रहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिएका छन । पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जनामध्ये एक जनालाई जीवितै उद्धार गरिएको छ । सो घरमा र

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 444 पटक पढिएको
  • पहिरोले राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

    काठमाडौं–पहिरोका कारण अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 556 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ ।     देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हल्का वर्षा भैरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्ष

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.