काठमाडौं–भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दर्जनौँ घाइते भएका छन् । शनिबार राति भएको दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जनाभन्दा बढी घाइते भएका छन् ।

भारतीय सुरक्षाकर्मीका अनुसार ना७ख ६४४६ नम्बरको बसलाई पछाडिबाट अर्को सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको हो । बसमा सवार ४७ जनामध्ये अधिकांश घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि समस्तीपुरस्थित अस्पताल लगिएको छ ।

OM Sai Pathibhara Hospital

दुर्घटनाग्रस्त बस बारागढी–१ का राजाराम साहको रहेको र तीर्थयात्रीहरू बिहारको देवघर धामको दर्शन गर्न गएका थिए । उनीहरूले गाउँमा सामूहिक पूजाआजा गरेर भारत प्रस्थान गरेका थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।