काठमाडौं–रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखखर्कमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ ।

एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । शनिवार राति आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । बाँकी ४ जनाको खोजी कार्य जारी रहेको छ ।

OM Sai Pathibhara Hospital

मृतकहरूमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका छोरा आमुष श्रेष्ठ, ५७ वर्षकी उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी, र १४ वर्षका विज्ञान पहरी छन्। काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको खोजी भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले गम्भीर अवस्था भइ रहेका व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन् ।