काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योगीहरूबाट ६ अर्ब मात्र नभई‚ २२ अर्ब महसुल उठाउने स्पष्ट पारेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमाफर्त केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट महसुल उठाउन सरकारले चासो नदिएको भन्ने कुरा बारम्बार उठिरहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनले  सरकारको ध्यान ९ वर्षसम्म २१ अर्ब ८८ करोड रुपैयाँ महसुल किन उठाइएन र किन १६ अर्ब छुट दिइयो भन्ने प्रश्नमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीले उद्योगहरू बन्द नगरी‚ रोजगारी र उत्पादनमा असर नगरी‚ उद्योगहरूबाट बक्यौता उठाउनुपर्ने बताउँदै‚ रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्नेमा जोड दिएका छन् ।

Kp post