काठमाडौं–महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको आज बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर–बर्दिबास सडक खण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । 

OM Sai Pathibhara Hospital

वडाध्यक्ष यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।