काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रामेछापको दोरम्बामा गएको भीषण पहिरोमा परेकाहरूको उद्धार र उपचारमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज एक सन्देश जारी गर्दै अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, टोकरपुरको लेकखर्कमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको, ४ जना बेपत्ता भएको र एक जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । उहाँले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

OM Sai Pathibhara Hospital

साथै, दाहालले उद्धार कार्यमा जुटेका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिँदै जनसेवामा निरन्तर लाग्न निर्देशन दिनुभएको छ । पूर्व प्रधानमन्त्री दाहालले सरकारलाई उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न पनि आग्रह गर्नुभएको छ ।