काठमाडौं–निरन्तरको वर्षापछि खसेको पहिरोले रामेछापमा ठूलो क्षति पुर्याएको छ ।

त्यहाँको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा गएराति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । गएराति १२ बजेतिर गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव फेला पारिएको हो ।

OM Sai Pathibhara Hospital

एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अझै आठ जनाको खोजी कार्य जारी रहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिएका छन ।

पहिरोले पुरिएका स्थानीय भिमबहादुर थापामगरको घरमा रहेका ३ जनामध्ये एक जनालाई जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको शव निकालिएको छ ।

बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ ।