काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

आज बिहान महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु.प्र.प्र. ०२–००१ ख १३३२ नम्बरको बस सडकको घुमाउनेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका यात्रुहरू थप उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका छन् ।

OM Sai Pathibhara Hospital

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी गराएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा बस सडकमै पल्टिएको हो ।