काठमाडौं–पहिरोका कारण अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ ।

OM Sai Pathibhara Hospital

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।