समाचार

    Showing 16,661-16,670 of 25,888 items.
  • रामेछाप पहिरो अपडेटः थप एक शव भेटियो, ३ जना अझै बेपत्ता

    रामेछाप- रामेछापको दोरम्बा सैलुङ गाउँपालिका ३ लेखर्कमा गएको पहिरोमा हराएका मध्ये थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खोजी तथा उद्धार टोलीले आज बिहान ७५ वर्षीय पुड्की पहरीको शव फेला पारेको हो । अविरल वर्षाका कारण हिजो दिउँसो ४ बजेबाटै खोजी कार्य स्थगित गरिएकोमा आज बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो । बेपत्ता मध्ये थप एक जनाको शव भेटिएसँगै पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ३ जना अझै हराइरहेका छन् । शनिवार राति गएको पहिरोले ६ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको छ भने

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 461 पटक पढिएको
  • ओमानका विदेशमन्त्री नेपालको दुई दिने भ्रमणमा आउँदै

    काठमाडौं – ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी आज दुई दिने भ्रमणका लागि नेपाल आउँने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा रहन्दा उनले भोलि (मंगलबार) परराष्ट्रमन्त्री डा. देउवासँग दुई पक्षीय सम्बन्धबारे छलफल गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी‚ साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको मन्त्रालयले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 473 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्धारा कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।भाद्र कृष्ण अष्टमीको रात आमा देवकीबाट श्रीकृष्णको जन्म भएको शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रीकृष्णलाई प्रेम र सौन्दर्यका प्रतीकका रुपमा सम्मान गर्नुभएको छ। उहाँले प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको धार्मिक मान्यतालाई स्मरण गर्दै सबै नेपालीलाई पर्वको शुभकामना दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘आज कृष्ण जन्माष्टमी, अनि सुदूरपश्चिममा मनाइने गौरा पर्व। भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 434 पटक पढिएको
  • सर्वोच्चको आदेशलाई गलत व्याख्या नगर्नुहोस् : मेयर साह

    काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सर्वोच्च अदालतको आदेशलाई आफ्नो निर्णय भन्दै जनतामा भ्रम फैलाउन नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने होइन‚ आफ्नो कान छाम्ने हो’ भन्ने उखानलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।उनका अनुसार सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार बागमती र विष्णुमती नदी किनारको ४० मिटर र टुकुचा नदी किनारको २० मिटर क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न निषेध गरिएको छ। महानगरपालिकाले यसबारे सरोकारवाला सबैलाई जानकारी गराइसकेको छ।शाहले भने‚ ‘अदालतको आदेशले जनताको जग्गा उपभोग गर्न बाधा पुर्‍याएको छैन। सरका

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 495 पटक पढिएको
  • जब प्रधानमन्त्री ओलीले हनुमान ढोकाका उडुस सम्झिए...

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो सरकारको दृढ अडान दोहोर्याएका छन् । नेपाल प्रहरी परिसर भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउँदै प्रहरी कर्मचारीलाई सरुवा बढुवाका लागि कुनै पनि नेताको घर दैलो नधाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले भने‚ ‘यो सरकारले भात रोटी खान्छ‚ तर घुस खान्दैन् ।’ प्रहरी कर्मचारीले पनि आफ्नो कर्तव्य निर्वाह गर्दा निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा उहाँको जोड थियो । उनले सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले हनुमान ढोकामा बस्दा उ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 461 पटक पढिएको
  • रानीमहल जाँदै गरेको भारतीय कार दुर्घटना‚ एक जनाको मृत्यु

    काठमाडौं–तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बरको कार गए राति दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । युपी १४ डिएन १०४ नम्बरको कार तानसेन–रानीमहल सडक खण्डको तानसेन–१ स्थित नारायण डाँडामा गए राति दुर्घटनामा परेको थियो। स्थानीय बासिन्दाका अनुसार‚ कार सडकबाट १५० मिटर तल खसेको थियो । कारमा सवार अन्य पाँच जना सकुशल छन् ।  

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 497 पटक पढिएको
  • जर्मनीबाट ल्याएको मेसिनले कार्ड चिन्न छोडेपछि लाइसेन्स छपाइ १५ दिनदेखि ठप्प

    काठमाडौं–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि लाइसेन्सको छपाइ कार्य ठप्प भएको छ। यातायात व्यवस्था विभागले जर्मनीबाट ल्याएको नयाँ मेसिनले कार्ड चिन्न नसक्ने समस्या देखिएपछि असारदेखि नै छपाइ कार्य प्रभावित भएको हो।विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार मेसिनको ‘पर्सनलाइजेसन’ प्रणालीमा समस्या आएको कारण छपाइ रोकिएको हो। यस्तो समस्या यसअघि जेठ महिनामा पनि देखिएको थियो।दैनिक ४ हजारको हाराहारीमा लाइसेन्स माग भएपनि विभागले अहिले दैनिक ३ सयदेखि ५ सय वटा मात्रै लाइसेन्स छाप्न सकेको छ। नयाँ मेसिन बिग्रिएपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक लाइसेन्स छपाइ भइरहेको छ।विभागले मेसिन मर्

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 858 पटक पढिएको
  • दोरम्बाका विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं–रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ६५ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित परिवारलाई कण्ठेश्वर मावि र गाउँपालिकाको खाली कोठामा आश्रय दिइएको छ । घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ‚ सोही वडाका ५७ वर्षीया  उर्मिला पहरी‚ ३० वर्षीय सन्दिप पहरी‚ ११ वर्षीय सन्तोष पहरी‚ १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो ।पहिरामा परी मृत्यु भएकाको परिवारलाई घटनास्थलको स्थलगत निरीक्षणमा गएका ऊर्जा‚ सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर ता

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 348 पटक पढिएको
  • पृथ्वी राजमार्ग चार घण्टा अवरुद्ध

    काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड आज बिहान ६:३० बजेदेखि चार घण्टाका लागि अवरुद्ध भएको छ । शुक्रबार दुर्घटना भएको भारतीय बस दुर्घटनामा परेको बस निकाल्नका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । पोखराबाट काठमाडौतर्फ आउँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्.यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 385 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशि

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 319 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.