काठमाडौं–रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ६५ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित परिवारलाई कण्ठेश्वर मावि र गाउँपालिकाको खाली कोठामा आश्रय दिइएको छ । 

घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ‚ सोही वडाका ५७ वर्षीया  उर्मिला पहरी‚ ३० वर्षीय सन्दिप पहरी‚ ११ वर्षीय सन्तोष पहरी‚ १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

पहिरामा परी मृत्यु भएकाको परिवारलाई घटनास्थलको स्थलगत निरीक्षणमा गएका ऊर्जा‚ सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जनही १० हजार रुपैयाँ राहत रकम प्रदान गराएका छन् । साथै‚ घाइते भएकी ११ वर्षीया अञ्जना श्रेष्ठको सम्पूर्ण उपचार खर्च पनि राज्यमन्त्रीले व्यहोर्ने घोषणा पनि गरे । 

पहिराेमा परी सोही वडाका ५५ वर्षका काले पहरी‚ ५० वर्षका झाइपुरी पहरी ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेका छन् । उनीहरूको खोजी कार्य जारी छ।