काठमाडौं – ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी आज दुई दिने भ्रमणका लागि नेपाल आउँने भएका छन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा रहन्दा उनले भोलि (मंगलबार) परराष्ट्रमन्त्री डा. देउवासँग दुई पक्षीय सम्बन्धबारे छलफल गर्नेछन् ।

OM Sai Pathibhara Hospital

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी‚ साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको मन्त्रालयले जानकारी गराएको छ ।