काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

भाद्र कृष्ण अष्टमीको रात आमा देवकीबाट श्रीकृष्णको जन्म भएको शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रीकृष्णलाई प्रेम र सौन्दर्यका प्रतीकका रुपमा सम्मान गर्नुभएको छ।

OM Sai Pathibhara Hospital

उहाँले प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको धार्मिक मान्यतालाई स्मरण गर्दै सबै नेपालीलाई पर्वको शुभकामना दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘आज कृष्ण जन्माष्टमी, अनि सुदूरपश्चिममा मनाइने गौरा पर्व। भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन्म जेलमा भएको शास्त्रमा उल्लेख छ । प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको मानिन्छ। प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन ! सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना ।’