काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सर्वोच्च अदालतको आदेशलाई आफ्नो निर्णय भन्दै जनतामा भ्रम फैलाउन नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने होइन‚ आफ्नो कान छाम्ने हो’ भन्ने उखानलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।

उनका अनुसार सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार बागमती र विष्णुमती नदी किनारको ४० मिटर र टुकुचा नदी किनारको २० मिटर क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न निषेध गरिएको छ। महानगरपालिकाले यसबारे सरोकारवाला सबैलाई जानकारी गराइसकेको छ।

OM Sai Pathibhara Hospital

शाहले भने‚ ‘अदालतको आदेशले जनताको जग्गा उपभोग गर्न बाधा पुर्‍याएको छैन। सरकारले चाहेमा मुआब्जा दिएर मात्रै जग्गा अधिग्रहण गर्न सक्छ।’ उनले अदालतको आदेशलाई महानगरपालिकाको निर्णय भनेर गलत व्याख्या गर्ने काम नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

Balen Facebook