काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो सरकारको दृढ अडान दोहोर्याएका छन् ।

नेपाल प्रहरी परिसर भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउँदै प्रहरी कर्मचारीलाई सरुवा बढुवाका लागि कुनै पनि नेताको घर दैलो नधाउन निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले भने‚ ‘यो सरकारले भात रोटी खान्छ‚ तर घुस खान्दैन् ।’ प्रहरी कर्मचारीले पनि आफ्नो कर्तव्य निर्वाह गर्दा निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा उहाँको जोड थियो ।

उनले सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले हनुमान ढोकामा बस्दा उडुस लागेको भन्दै स्मरण पनि गरेका छन् ।