रामेछाप- रामेछापको दोरम्बा सैलुङ गाउँपालिका ३ लेखर्कमा गएको पहिरोमा हराएका मध्ये थप एक जनाको शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खोजी तथा उद्धार टोलीले आज बिहान ७५ वर्षीय पुड्की पहरीको शव फेला पारेको हो । 

OM Sai Pathibhara Hospital

अविरल वर्षाका कारण हिजो दिउँसो ४ बजेबाटै खोजी कार्य स्थगित गरिएकोमा आज बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो । 

बेपत्ता मध्ये थप एक जनाको शव भेटिएसँगै पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ३ जना अझै हराइरहेका छन् । 

शनिवार राति गएको पहिरोले ६ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको छ भने ४ जनाको शव आइतबार नै भेटिएको थियो । 

नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।