काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड आज बिहान ६:३० बजेदेखि चार घण्टाका लागि अवरुद्ध भएको छ ।

शुक्रबार दुर्घटना भएको भारतीय बस दुर्घटनामा परेको बस निकाल्नका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

पोखराबाट काठमाडौतर्फ आउँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्.यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।