काठमाडौं–तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बरको कार गए राति दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । 

युपी १४ डिएन १०४ नम्बरको कार तानसेन–रानीमहल सडक खण्डको तानसेन–१ स्थित नारायण डाँडामा गए राति दुर्घटनामा परेको थियो। स्थानीय बासिन्दाका अनुसार‚ कार सडकबाट १५० मिटर तल खसेको थियो । कारमा सवार अन्य पाँच जना सकुशल छन् ।