समाचार

    Showing 16,621-16,630 of 25,883 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भ

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 479 पटक पढिएको
  • पाँचथर विस्फोटको घटनाप्रति मानवअधिकार आयोगको गम्भिर ध्यानाकर्षण

    पाँचथर- पाँचथरमा दुई बालबालिकाको ज्यानजाने गरी भएको बिस्फोटको घटनाप्रति राष्टिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।पाँचथरको फालेलुङ्ग गाउँपालिका- ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोट हुँदा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो । विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । घटनाको कोशी प्रदेश कार्यालय मार्फत अनुगमन गरिरहेको उल्

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 386 पटक पढिएको
  • कोटेश्वरमा वेश्यावृत्ति चलाउने २ जना गेष्टहाउस सञ्चालक पक्राउ

    काठमाडौं–काठमाडौंमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साहीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 496 पटक पढिएको
  • ५६ किलो दुर्घटना : पैदल यात्रुको मृत्यु

    काठमाडौं–अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ९०६४ नम्बरको यात्रुवाहक बसले सडक पार गरिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर‚ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । घटनामा संलग्न बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ । मृत महिला सडकमा मागी हिँड्ने गरेको प्रहरील

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 406 पटक पढिएको
  • संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग छलफल

    काठमाडौं–संसदीय सुनुवाइ समितिले आज विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।समितिमा नौवटा उजुरी प्राप्त भएका छन् । सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार‚ भदौ १६ देखि २५ गतेसम्म प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । साउन ३० मा १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरिएको थियो ।साउन १४ मा सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । समितिका सदस्यहरूले राजदूत सिफारिस संविधानको समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 332 पटक पढिएको
  • फेसबुक पेज बनाउन मुख्यसचिव अर्याललाई प्रधानमन्त्रीको सुझाव

    काठमाडौं–सरकारले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।नयाँ नियुक्त मुख्यसचिव अर्याललाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा डेलिभरी दिन‚ विकास आयोजनालाई अगाडि बढाउन र सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले नीतिगत नेतृत्व मात्र गर्ने भन्दै कार्यान्वयनको जिम्मेवारी कर्मचारी प्रशासनको काँधमा रहेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन र नागरिकका गुनासा तत्काल सम

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 420 पटक पढिएको
  • पाँचथर विस्फोट (अपडेट) : दुई बालबालिकाको मृत्यु

    काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा हिजो साँझ भएको बम विस्फोटमा ज्यान गुमाउनेहरूको संख्या दुई पुगेको छ । घटनामा घाइते भएका ११ वर्षीय दिप्सन साँवा र २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको हो । विस्फोटमा ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन घाइते भएका छन्‚ र उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार‚ घरेलु ग्रिनेड विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा अर्को शंकास्पद वस्तु भेटिएको छ‚ जसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ । विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी द

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 652 पटक पढिएको
  • बैतडीमा भारी वर्षा र पहिरोको जोखिम, कोशिमा चट्याङ लागेर दुईजना घाइते

    काठमाण्डौ  ।  कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ। त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले त्यस आस

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 531 पटक पढिएको
  • पाँचथर बम विस्फोट : बालिकाको मृत्यु‚ तीन बालक घाइते

    काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको बम विस्फोटमा परी २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको छ । विस्फोटमा परी घाइते प्रिन्साको झापाको बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।घटनाका ११ वर्षीय‚ दिपशन साँवा गम्भीर घाइते छन् । दिपशनलाई थप उपचारका लागि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएको छ । सामान्य घाइते ११ वर्षीय‚ पबन राई र ७ वर्षीय दिपशन राईको पनि क्रमश: जिल्ला अस्पताल पाँचथर र स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको छ ।विस्फोट माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा घरमा भएको थियो । केरुङको त्यस घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थ

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 436 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भू-भाग

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 347 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.