चितवन । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो सङ्ख्यामा गोही भेटिएको बताए । गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए । त्यसबेला राप्ती र नारायणीमा तीन÷तीनवटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन् । यस वर्ष
मनाङ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ ।विद्युत् अभावले यहाँका पालिकाबाट दिइने सेवामा समस्या आउने गरेको छ । पालिकासम्म पुग्नै पैदल हिँडेर दुई दिन लाग्छ । बिजुली अभावले सेवा प्रवाहमा समयमा हुनै सक्दैन । सौर्य ऊर्जाको भरमा पालिकाका कार्यालयबाट सेवा प्रवाह गर्दै आए पनि सबैजसो दिन घाम नलाग्दा समयमा काम नै हुन नसक्ने अवस्था रहेको कर्मचारी बताउँछन् । स
लमजुङ । कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिको विस्तारसँगै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो । विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो । व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनैबेला प्रमुख साधन बनेकोे हुलाक सेवा प
झापा । शिवसताक्षी नगरपालिका–७ लालझोडामा आगलागीबाट छ वर्षअघि एकै परिवारका चार जनाको मृत्यु भएपछि स्थानीयवासीमा आक्रोश फैलिएको थियो । उक्त दर्दनाक आगलागीको घटना २०७५ साल मङ्सिर ९ गते राति भएको थियो । घटनापछि स्थानीयवासीको एउटै स्वर थियो, ‘नगरपालिका भन्या छ, एउटा पनि दमकल छैन ।’ त्यसबेला शिवसताक्षी नगरपालिकामा दमकल थिएन । टाढाबाट दमकल आइपुग्न ढिलो भएको विषयले मिडिया र सामाजिक सञ्जालमा चर्चा पाउँदा नगरपालिकाको विरोध भएको थियो ।विसं २०७९ मा नवनिर्वाचित नगरप्रमुख मेगाहाङ थोप्राले दमकल किन्ने प्रस्तावलाई नगरपालिकाको पहिलो बोर्डको बैठकबाट निर्णय गराए । उनकै अग्रसरतामा पालिकाले लगत्तै दमकल खरिद ग¥
धरान (सुनसरी) । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । आज बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो ।उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए ।नगरप्रमुख राईले भने, ‘बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँ
काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ५६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु ट्रेलरमा नाजिर र सृष्टिको नृत्यसँगै पहिचानको विषयलाई जोड दिइएको छ । नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । ट्रेलरमा मिथिला संस्कृतिलाई पनि स्थान दिइएको छ ।फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । ट्राई सिटी पिक्चर्स प्र
काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो । महानगर–२६ सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९÷५० देखि आव २०८१÷८२ सम्मको घरजग्गा÷सम्पत्ति कर बुझाएको हो । संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरिसकेको छ । महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ । जसअ
टीकापुर (कैलाली) । कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । टीकापुर–८ स्थित खक्रौलामा रहेको ७०३÷२ सीमास्तम्भमा रङरोगन गरी मर्मत सुरु गरिएको छ । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भमध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमास्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । टीकापुर नगरपालिकाभित
म्याग्दी । भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताए ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० किलोमिटरका लागि बहुुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनि
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा काम ढिलो हुदा समस्या बढ्न सक्नेछ। नयाँ योजनाहरूमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा बातचितको माध्यमबाट आफ्नो काम निकाल्न सक्नुहुनेछ। आय क्षेत्र सामान्य रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा आम्दानीका स्रोतहरू बन्नेछन्। कार्यको सफलताले नयाँ कार्य गर्न उत्साह जगाउनेछ। भावुकतामा निर्णय नलिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)उद्योग व्यापारमा मनग्य लाभ हुनेछ। नयाँ योजनाहरूको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.