काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन ।राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो भनेका छन ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनासँग जोडेर भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया जनाएका छन् ।उनले आफूले कुनै पनि प्रकारको अनियमितता नगरेको दाबी गरेका छन् । "मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून् । मिटिङमा चिया खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन," आइतबार राति सामाजिक सञ्जालबाट उपाध्यायले भनेका छन् ।उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्
काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएक छन् । उनले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन् ।पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन् ।‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनलेजे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरात
काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनले तामाङलाई शुक्रबार काठमाडौंको रविभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ परेका तामाङ काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको हात्तिगौडा बस्ने सार्किमान तामाङको छोरा हुन् ।तामाङलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएका रविभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।तामाङलाई थप अनुसन्धानका लागि मीन
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौं । नेपाल दुरुसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन् ।
काठमाडौँ । पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए ।राजीनामा दिनुको कारणबारे एसएसपी खड्का भन्छन्,‘अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको हाम्रो निष्कर्ष छ ।’त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन् ।
कृषि मन्त्री बेदुराम भुसालको राजीनामा माग्दै चितवनका दूग्ध किसानहरुले सडकमा दूध पोखेका छन्।दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाएका हुन्। भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरू भेला भएर दुई क्यान दूध सडकमै पोखेर विरोध गरेका हुन्।उनीहरूले कृषि मन्त्री भुसालविरुद्ध चर्को नारा लगाएका छन्। तत्काल कृषिमन्त्री भुसालले राजीनामा दिनुपर्ने बताएका उनीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिए।चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तीन पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.