समाचार

    Showing 15,451-15,460 of 25,845 items.
  • मोटरसाइकल चालकलाई शुभयात्रा अभियान

    चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान  सुरु गरेको छ । भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका हुन् ।जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्तप्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाइ ‘शुभ–यात्रा मात्रै नभनी नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 316 पटक पढिएको
  • विवादमा घेरिएका उर्जामन्त्री खड्काका महत्वकांक्षी लक्ष्य

    काठमाडौं । जलविद्युत् आयोजनाका प्रवद्र्धक हुन् अहिलेका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्का । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री थिए ।पछिल्लो समय नेपाली कांग्रेसबाट मन्त्री बनेका दीपक खड्का स्वार्थ बाझिने मन्त्रालय सम्हालिरहेका छन् । केही महिनायता उनी विवादमा समेत परिरहेका छन् । मन्त्रीको पद सम्हालेदेखि नै उनी विवादै विवादको रेखामुनि छन् । कहिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगको विवाद त

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 233 पटक पढिएको
  • प्रचण्डले लिए भक्काको स्वाद

    बिराटनगर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् ।मोरङको बिराटनगर पुगेका प्रचण्डले आज शनिबार बिहान  मर्निङ वाक गर्ने क्रममा  एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् ।तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्रिया दिएका छन् ।उनको साथमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता पनि थिए । राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएको तस्वीर अध्यक्ष प्रचण्डले सामाजिक संजाल फेसबूक मार्फत पोस्ट गरेका छन् । शनिबार  दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने समेत उनले

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 273 पटक पढिएको
  • प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

    पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नं ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति पु¥याएको छ ।खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आ

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 428 पटक पढिएको
  • करको बक्यौता उठाउन घरघरमा पत्र

    चितवन । आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो ।कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार चार महिनाभन्दा बढी समयदेखि कर नबुझाएकालाई पहिलो चरणमा पत्राचार गर्न थालिएको छ ।कार्यालयले बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न अभियान नै सुरू गरेको छ । लामो समयदेखि बक्यौता नतिरेका र बैंक खाता रोक्का भएका करदाताको सम्पत्ति रोक्काका लागि प्रक्रिया अगाडि

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 311 पटक पढिएको
  • अनलाइनबाट नागरिकता सिफारिस

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताए ।‘गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्’, उनले भने, ‘

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 252 पटक पढिएको
  • दुई सय बढी बालबालिका विद्यालय जान छाडे

    जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् । स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् ।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 306 पटक पढिएको
  • मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

    जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सहिद परिवारलाई थप

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 320 पटक पढिएको
  • घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन

    काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिष्टे«शन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक स

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 286 पटक पढिएको
  • दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

    काठमाडौँ । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार  कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस्तै, बोर्डले ओम मेगाश्रीलाई

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.