समाचार

    Showing 15,431-15,440 of 25,845 items.
  • झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

    बनियानी (झापा) । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् ।खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भनिन्, ‘मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।’मकैखेतीका लागि एक बिघामा खनजोतमा मात्र रु १० हजारदेखि १२ हजार खर्च हुने उनले बताइन्ए । ‘पहिलोपटक यसरी खेती गरिरहेको छु’, मकै उम्रिएपछि उत्साहित हुँदै उनले भनिन्, ‘पहिलोपटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 199 पटक पढिएको
  • चराको बासस्थान लोप हुँदै

    जानकी (बाँके) । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।‘प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ’, उनले भने, ‘यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन् ।’ निकुञ्ज प्रमुख कँडेलका अुनसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् ।चरा गणनाका लागि राप्तीमा पुगेका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 335 पटक पढिएको
  • पर्वतका दुईवटा सामुदायिक क्याम्पसबीच मर्ज

    पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन्  । आर्थिक मन्दी, सरकारको असहयोग र  विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको  छ । गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए ।   क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो । नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालय

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 403 पटक पढिएको
  • सात वर्षमा चौथोपटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

    गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले  सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छभने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 238 पटक पढिएको
  • यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ ।प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ ।स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३५,लौका ६० रुपैयाँ, तितो करेला १२०,परवल तराई ९०,भिण्डी १४०,बरेला ४०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २५०,ब्रोकाउली २५,रातो बन्दा ५० रुपैयाँ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 276 पटक पढिएको
  • म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

    म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । ‘एक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 435 पटक पढिएको
  • मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीको उपद्रो

    सुन्दरहरैँचा (मोरङ) ।  सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति  घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो  । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गरेका छन् । ‘हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ’, उनले भने, ‘नागरिकको जीउधनको स

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 288 पटक पढिएको
  • आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा निर्धारण गरिएको छ।यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 265 पटक पढिएको
  • एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द

    गुल्मी । यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताए । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो । निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 344 पटक पढिएको
  • घुम्ती पुस्तकालयबारे जनचासो बढ्दै

    महोत्तरी । महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस)बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुचि बढाएको अभिभावकले बताएका छन् । अमेरिकी राजदूतावास र कारखाना समूहको पहलकदमीमा युवा सञ्जाल महोत्तरीले घुम्ती पुस्तकालय गतिविधि संयोजन गरेको हो ।‘विद्यालयबाट घर आएपछि खेल्न बढी ध्यान दिने बालबालिका घुम्ती पुस्तकालयबारे चासो दिन थालेका छन्’, स्थानीय ३२ वर्षीय रामईश्वर ठाकुर भने, ‘घुम्ती पुस्तकालयले पढ्ने बानीको विकास भएको छ ।’घुम्ती पुस्तकालयमा सचित्र वर्णनात्मक सामग्री, खेल सामग्री र मनोरञ्जनात्मक अ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 341 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.