समाचार

    Showing 15,421-15,430 of 25,845 items.
  • बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि दुई विकल्प

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई वटा विकल्प दिएको छ । महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिसरमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनका लागि विकल्प प्रस्ताव गरेको हो । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिपी उद्यान संरक्षण गर्दै व्यापारीलाई व्यवस्थित गर्न लागिएको बताए । ‘उद्यान परिसरमा व्यापार तथा व्यवसाय गर्दै आएका फलफूल तथा तरकारी व्यापारीलाई वडा नं १६ नगवास्थित कृषि बजारमा राख्ने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘दोस्रो विकल्पमा वडा नं २ छ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 207 पटक पढिएको
  • वैदेशिक रोजगारीः व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ । विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुस

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 371 पटक पढिएको
  • ६५ फरार प्रतिवादी पक्राउ

    जानकी (बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र रु ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिए ।उनका अनुसार पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको रु १२ लाख ९४ हजार एक सय ५८ बराबरको साम

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 329 पटक पढिएको
  • सहज बन्दै मनाङको यात्रा

    मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो । डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो । सबइञ्जिनीयर अधिकारीले भन्नुभयो, “मनाङतर्फको सडक निर्माणमा मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । ज

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 203 पटक पढिएको
  • ओझेलमा सिद्धे चमेरे गुफा

    दाङ । तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।चारैतिर जङ्गल, पहाडको फेदमा रहेको सुन्दर प्राकृतिक गुफा देख्दा भने त्यहाँ पुग्ने जो कोही पनि मोहित हुने गर्दछन् गुफा क्षेत्र हरियाली र स्वच्छताले भरिपूर्ण छ । त्यहाँको मनमोहक दृश्यले अवलोकन गर्न पुग्ने सबैलाई लोभ्याउने गरेको छ । गुफा अवलोकन गर्न जानका लागि सडक सुविधा नहुँदा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । गुफा तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूर

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 152 पटक पढिएको
  • सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

    बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, ‘नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।’सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, ‘दैनिक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 231 पटक पढिएको
  • सरकारले तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब

    काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको ह

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 258 पटक पढिएको
  • चेपाङ दम्पतीले पहिलो पटक पाए आफ्नै पक्की घर

    मकवानपुर ।  मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् ।नयाँ घर पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया ९घर पाउँदा खुसी लाग्यो०,’ जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार चेपाङ दम्पतीलाई डो¥याउँदै घरभित्र प्रवेश गराइएकी छिन् ।३ लाख ७ हजार र

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 198 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो ।गत शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 305 पटक पढिएको
  • सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

    काठमाडौं ।  नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिवेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।  लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरुको यो म

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 305 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.