समाचार

    Showing 15,301-15,310 of 25,845 items.
  • शुक्लाफाँटामा भू उपयोग अध्ययन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा भूमिको वर्गीकरण अनुसारको उपयोगका संभावना पहिचान गर्नका लागि अध्ययन अगाडि बढाइएको छ । नगरपालिका र राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको सहकार्यमा स्थानीय भूपरिवेश अध्ययनका लागि समुदायको सुझाव सङ्कलनकार्य भइरहेको छ ।हालसम्म नगरपालिकाका–१२ वडाका ७१ टोलमा छलफल गरी सुझाव सङ्कलनकार्य गरिएको मञ्चका श्रोत व्यक्ति नरिराम लोहारले बताए ।  स्थानीय बासिन्दाले भोगचलनका आधारमा जग्गा न्यूनतम शुःल्कमा दर्ता गरी जग्गाधनी पूर्जा उपलव्ध गराउनुपर्ने, माटो परीक्षण गरी सुहाउदो बालीको पकेट क्षेत्र निर्धारण गरिनुपर्ने, किसानलाई उन्नतजातको बीउ, मल, कृषि औजार अनुदानमा उपलव्ध गराउ

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 138 पटक पढिएको
  • शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

    बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उनीहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् । सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन् । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 245 पटक पढिएको
  • राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

    खाँदबारी (सङ्खुवासभा) । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको शुक्रबार हिरक महोत्सवको उद्घाटन गर्दै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ ।कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उनले बताए ।यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 312 पटक पढिएको
  • कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

    काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त रकम भित्र्याउनका लागि विश्व बैंकसँग आवश्यक वार्ता र छलफल गरी समाधान गर्न सुझाव दिएका छन् । पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीति संवादमा सांसद तथा यस क्षेत्रका विज्ञले विश्व बंैकसँग आवश्यक परामर्श र छलफल गरेर समस्या समाधान गर्न सुझाव दिएका हुन् ।सुरुमा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । तर अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम राष्ट्रिय

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 330 पटक पढिएको
  • महाभारत जङ्गलमा आगलागीः हेलिकप्टरबाट डढेलो नियन्त्रण

    काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि आज हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ । गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो । खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 172 पटक पढिएको
  • मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरुद्ध जनजागरण अभियानको शुरुवात गर्दै

    काठमाडौं । मिटरव्याज पीडितहरूले जारी रहेको आर्थिक शोषणविरुद्ध जनजागरण अभियान माघ १४ गतेबाट शुरुवात गर्ने घोषणा गरेको छ ।मिटरव्याज विरुद्ध किसान मजदूर आन्दोलन नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर मिटर व्याज पीडितको न्यायका लागि पुनः शान्तिपूर्ण आन्दोलन गर्नका लागि विवश रहेको जनाएको हो ।मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले यस पटक पीडितहरूको सहभागितामा अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए ।उनले पत्रकार सम्मेलनमा मिटरव्याजको विरुद्ध आन्दोलनको बिस्तार देश व्यापी रुपमा गर्ने पनि बताए । मिटर व्याजका कारणले चार जना सहिद भएको ब

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 202 पटक पढिएको
  • भर्चुअल माध्यमबाट प्रधानमन्त्रीद्वारा तिनाउ गाउँपालिकाको भवन उद्घाटन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका छन् ।प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे । पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन उनले आग्रह गरे ।प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताए । सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न उ

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 341 पटक पढिएको
  • सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

    काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा २१३ जना नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन सुडानर्फ प्रस्थान गरेका हुन् ।मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् ।हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।त्यस्तै, संयुक्त राष

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 330 पटक पढिएको
  • भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

    चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेका हुन्। ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताइन् । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको कामसक्ने उनले आग्रह गरिन् । काठमाडौँपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ । पहिलो फ

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 164 पटक पढिएको
  • कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

    मान्म (कालीकोट) । जिल्लमको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो । गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले ‘गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो’, उनले भने, ‘सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो ।’गाउँपालिकाको पहलमा केन्द्र

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 337 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.